चीनबाट आयात भएको मदिरा नष्ट
हुम्ला । चीनबाट आयात भएको मदिरा विओपी र नेपाल प्रहरीले नष्ट गरेको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा ५ को हिल्सा नाका खुलेलगत्तै चिनियाँ मदिरा जिल्लामा ठूलो मात्रामा भित्रिएको सूचना पाएपछि विओपी र नेपाल प्रहरीले मदिरा बरामद गरी नष्ट गरेको हो । चीनका विभिन्न बजारबाट आएको ४७ काटुन चिनियाँ मदिरा हिल्सामा नै नष्ट गरिएको हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उपरीक्षक भट्टराईका अनुसार चीन र नेपालको हिल्सा नाकाबाट आउँदै गरेको चिनियाँ मदिरा विओपी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर शनिबार नष्ट गरेको हो । उक्त मदिरा बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । चिनियाँ…
