छात्रा फुटबल : जनप्रिय माविलाई उपाधि
२५ भदौ,बेनी (म्याग्दी) । म्याग्दीको बेनीमा सम्पन्न दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविले जितेको छ । बेनीस्थित खुला मञ्चमा शनिबार न्यू वेष्ट प्वाइन्ट आवासीय माविसँगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रदर्शन गरेसँगै उपाधि चुमेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जनप्रिय माविले न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । पेनाल्टीमा जनप्रियकी गोलरक्षक अस्मिताले उत्कृष्ट बचाउ गरेकी थिइन् । जनप्रिय माविले बेनी सामुदायिक मावि तथा न्यू वेष्ट प्वाइन्ट माविले प्रकाश माविलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।…
