राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

Share Icon

फागुन ,काठमाडाैं ।   राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शपथ लिएका हुन्।

उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्। रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले ३३ हजार ८०२ मतभार ल्याएका थिए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको थियो।

उनले प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पराजीत गरेका थिए। उनले १५ हजार ५१८ मतभार ल्याएका थिए। जसमध्ये संघमा ७ हजार ७४२ र प्रदेशमा ७ हजार ७७६ मतभार छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिएको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.