पोखरामा बस दुर्घटना, केही यात्रु घाइते

Share Icon

७ फागुन, काठमाडाैं ।  कास्कीको पोखरामा बस दुर्घटना भएको छ।

ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन्।

ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो।

दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ।

घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.