अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ।

Share Icon

१३माघ, काठमाडाैं। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला जलाएको हो।

शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ।

उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन्।

शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए।

मन्त्रीको उक्त निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले बिरोध जनाएका छन्।

शिक्षामन्त्रीको पुत्ला दहनपछि सञ्चारकर्मीसँग बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खान लागेको आरोप लगाए।

उनले शिक्षामन्त्रीले जनक शिक्षा सामग्रीलाई बचाउनुको सट्टा मास्ने गतिविधि गरेको आरोप लगाए। अध्यक्ष पराजुलीले सरकार बनेको छोटो समयमै गलत निर्णय भएको भन्दै त्यसलाई आफूहरुले स्वीकार्न नसक्ने बताए।

उनले सरकारको लगानीमा निर्माण भएका संस्थाहरु निजीकरण गर्दै दलाललाई दिने चक्रव्युह रचिएको भन्दै शिक्षामन्त्रीले आफ्नो पहिलो निर्णय नै जनतालाई भार
बोकाउने निर्णय गरेको बताए।

उनले जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झालाई अनुसन्धान गरेर कारबाही गर्नु र व्यवस्थालाई सुधार गर्नुको ठाउँमा निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खाने खेल रचेको बताए।

अध्यक्ष पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा रहेका मन्त्रीहरुले जनताबाट कमिसन खाएर वर्गीय रसायन भत्काउने काम गरेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरे।

उनले जनक शिक्षा सामग्री केन्द्रलाई बलियो, सशक्त र गरिब जनताका छोराछोरीको हातमा पुस्तक समयमा नै पुग्नेगरी काम गर्न आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.