अर्को महिना कीर्तिपुरमा नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज

Share Icon

२ पाैैष, काठमाडाैं ।   आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिकाअनुसार सिरिज फागुन २ मा सुरू भएर फागुन ९ मा सकिनेछ।

तीनै टिमले एकअर्काविरुद्ध दुई पटक खेल्नेछन्।

लिग-२ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो। यस्तै नेपालले लिग-२ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्न लागेको हो।

यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ। दुवै सिरिजको मिति पक्का भइसकेको छैन।

९ सिरिजमा ४-४ खेल गरी कुल ३६ खेल खेल्ने नेपालले अहिलेसम्म ६ सिरिजका २४ खेल खेलिसकेको छ। लिग-२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीन भित्र परे एकदिवसीय विश्वकप छनोटमा पुगिनेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ।

लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३० खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।

सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २४ खेलबाट १८ अंक जोडेर छैटौं स्थानमा छ। अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ।

सिरिजका लागि नेपालको तयारी सुरु गरेको छैन। नेपाली टिम प्रशिक्षकबिहिन छ। सिरिजअघि नेपालले प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो।

नेपाल-नामिबिया-स्कटल्यान्ड त्रिकोणात्मक सिरिज : कीर्तिपुर
नेपाल भर्सेस नामिबिया – फागुन २
स्कटल्यान्ड भर्सेस नामिबिया – फागुन ३
नेपाल भर्सेस स्कटल्यान्ड – फागुन ५
नेपाल भर्सेस नामिबिया – फागुन ६
नामिबिया भर्सेस स्कटल्यान्ड – फागुन ८
नेपाल भर्सेस स्कटल्यान्ड – फागुन ९

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.