मधेश कृषि विश्वविद्यालयमा जनमतले लगायो ताला

Share Icon

काठमाडाैं । अनियमितता भइरहेको भन्दै जनमत पार्टीले मधेश कृषि विश्वविद्यालयमा तालबन्दी गरेको छ। जनमत पार्टीका नेता तथा कार्यकर्ताले आइतबार ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि उनीहरूले विश्वविद्यालयमा तालाबन्दी गरेका हुन्।

मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय स्थापना गरेको हो। विश्वविद्यालय सभाको अध्यक्ष प्रदेशको शिक्षामन्त्री रहने व्यवस्था छ। अहिले मधेश सरकारमा जनमत पार्टीकै महेशप्रसाद यादव शिक्षामन्त्री छन्।

त्यस्तै, विश्वविद्यालयको ऐनमा विश्वविद्यालय अवस्थित क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य सभाका सदस्य रहने व्यवस्था छ। ऐनमा व्यवस्था भए पनि व्यवहारमा लागू नभएको जनमतका कार्यकर्ताको भनाइ छ।

तर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई विश्वविद्यालय भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बनाउन खोजेको भन्दै उनीहरूले विरोध जनाएका छन्। सोमबार शिलान्यासको कार्यक्रम छ।

जनमतले विश्वविद्यालयमा दलीयकरण बन्द गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको अनियमितता रोक्नुपर्ने, विश्वविद्यालय भवन निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्नुपर्ने माग गरेको छ। त्यस्तै, परीक्षा बोर्ड विना नै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने, विश्वविद्यालयका कर्मचारी नियुक्तिमा भएको राजनीतीकरण बन्द गर्नुपर्ने माग गरेको छ।

आफूहरूले राखेका मागमा विश्वविद्यालय गम्भीर नदेखिएकाले तालाबन्दी गर्नुपरेको जनमत पार्टीका जिल्ला अध्यक्ष रामगमन साहले बताए। माग पूरा नभएसम्म तालाबन्दी जारी रहने साहको भनाइ छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.