स्थानीय तहकाे रूपमा परिचित वडा सरकारलाई मजबुत बनाउनु पर्नेमा सांसद सेजुवालकाे जाेड (भिडियाेसहित)
काठमाडाैं । प्रतिनिधि सभा सांसद कान्तिका सेजुवालले स्थानीय तहकाे रूपमा परिचित वडा सरकारलाई मजबुत बनाउनु पर्नेमा जाेड दिनु भएकाे छ ।
काठमाडाैं महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारसँग गरिएकाे भेटघाटकाे क्रममा उहाँले वडा सरकारलाई मजबुत बनाउनु पर्नेमा जाेड दिनु भएकाे हाे ।
सांसद सेजुवालले भन्नुभयाे, ‘संघीयताकाे मर्मअनुसार जुन २०७४ सालबाट संघीयता कार्यान्वयन भयाे, त्यसपछि हामी निर्वाचित हुने अवसर पनि पायाैँ, र यसकाे उद्देश्य भनेकाे आफैँमा स्वयत्त हाे, स्थानीय तहकाे सरकार, र अधिकारअनुसार हामीले के के काम गर्न सक्याैँ, सकेनाैँ, केन्द्रीय सरकारले कतिकाे सहयाेग गर्याे, गरेन, भन्ने कुरा आफ्नाे ठाउँमा छ।’
त्यसैगरी उहाँले केन्द्रीय सरकार र वडा सरकारबीच एकदमै सम्बन्ध प्रगाढ हुनुपर्नेमा जाेड दिनुभयाे । उहाँले भन्नुभयाे,’ सबैभन्दा नागरिककाे लागि, समुदायकाे लागि नजिककाे सरकार भनेकाे वडा सरकार हाे, याे वडा सरकारले जतिकाे नागरिककाे हक, हित र सेवा , सुविधा दिने काम अन्य सरकारले गर्न सक्दैन, त्यसैले गर्दा खेरी वडा सरकारलाई जबसम्म हामी मजबुत र बलियाे बनाउन सक्दैनाै, तब सम्म केन्द्रीय सरकार मजबुत हुन सक्दैन।’
त्यसैले वडा सरकारलाई मजबुत बनाउन प्रयाप्त मात्रमा स्राेत साधान दिनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।