Share Icon

२६ असाेज, काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

शुक्रबार राति भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी प्रदेश,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन- चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box

Share Icon