बझाङमा ६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या
काठमाडौं । बझाङमा ६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन्। शुक्रबार साँझ साढे ७ बजे जैलुकाे हत्या भएको गरिएकाे थियाे ।
सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box







