Share Icon

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिनअघि दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरित भएको बताएका छन् ।

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताए ।

उनले चीन र भारत दुवै मित्र राष्ट्र भएकाले काठमाडौं रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनैतिक मर्यादा विपरित हुने बताए ।

नेपाली कांग्रेसमा चरम गुटबन्दी भएकाले समस्या भएको बताउदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने बताए । गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने उनको भनाइ छ ।

उनले आफू वर्षात सकिए लगतै देश दौडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए ।

उनले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोसी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको स्पष्ट पारे ।

Facebook Comments Box

Share Icon