पाल्पामा तीज कार्यक्रममा एक युवकको हत्या

Share Icon

१ असोज,काठमाडाैं । पाल्पामा तीज कार्यक्रममा आइतबार राति झडप हुँदा एक जना युवाको हत्या भएको छ ।

तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हाे ।कार्यालयका एक सूचना अधिकारीका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो ।

गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा  आइतबार राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए। महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ।

झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ.हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरीले थप विवरण भने खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.