Share Icon

३१ भदौ, धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताउनुभएको छ ।

जनकपुरधाममा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शंका नरहेको बताउनुभयो । “अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ”, नेता निधिले भन्नुभयो– “पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।”

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उहाँको भनाइ थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उहाँको भनाइ थियो ।

विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह समेत गर्नुभयाे ।

Facebook Comments Box

Share Icon