नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको हो : ओली

Share Icon

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताएका छन्। भारतको ७७औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले बुधबार आयोजना गरेको कार्यक्रममा उनले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए ।

भारतसँगको सम्बन्धलाई साच्चैको मित्रताका रुपमा अगाडि बढाइरहेको अध्यक्ष ओलीको भनाइ छ । उनले दुई देशबीचको सम्बन्ध अत्यन्त पुराना, प्रकृतिले दिएका र इतिहासले बनाएका मित्रको सम्बन्ध रहेको बताए ।

“नेपाल र भारतबीचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायीरूपमा सधैँका लागि कसैले पनि बिगार्न सक्दैन”, उनले भने, “यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो कसैले निर्माण गरेकोभन्दा, कुनै राज्यले निर्माण गरेकोभन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो ।”

उनले पारस्परिक सहयोग र पारस्परिक लाभका आधारमा एकअर्कालाई सहयोग गरिरहेकोसमेत बताए । अध्यक्ष ओलीले नेपाल र भारतबीच देखिएका कतिपय विषयलाई आपसी छलफल गरेर समाधान गर्नुपर्ने धारणा राखे ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.