२४ जेठ, धनगढी । सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार ९आज० ल्याउने भएको छ ।
बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार नीति तथा कार्यक्रम स्वीकृत गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइनेछ । जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो ।
असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ तर बजेट ल्याउन हप्ता दिनमात्र बाँकी रहेका बेला सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
Related posts:

एमाले कोशी प्रदेशकाे अध्यक्षमा घनश्याम खतिवडा विजयी

एमाले कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा छैन : उपाध्यक्ष पौडेल

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ

विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पु¥याउनुपर्छ– नेता राजवंशी

