Share Icon

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयनको गृहकार्यमा लागेको छ ।

संसदीय दलको नेताको आकाङ्क्षी जसपा संघीय परिषद्का अध्यक्ष एवं सांसद अशोक राइ, कार्यकारिणीहरू सदस्य राजकिशोर यादव, नवलकिशोर साह रहेका छन् ।

पार्टीको वरिष्ठ नेताको हैसियतले अशोक राईले आफू संसदीय दलको नेता बन्नुपर्ने दावी गर्दै आइरहेका छन् भने अधिकांश नेताहरु मधेसबाट चुनाव जितेका कारण मधेसबाट कोही संसदीय दलको नेता बन्नुपर्ने दवाव पार्टीमा छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि अशोक राई नै संसदीय दलको नेता बनोस् भन्ने रहेको छ तर उनी पार्टीभित्रै मधेशी नेताहरुको दवावमा परेका छन् ।

पार्टीमा सहमति हुन सकेन भने उपेन्द्र यादव पनि चुनाव गराउने पक्षमा रहेको जसपा स्रोतले जनाएको छ । आज दिनभरमा टुगिंएन भने भोलि चुनावको प्रकृयामा जाने बताइएको छ ।

संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले सहमतिका लागि दुई दिनको समय दिएको थियो । त्यो दुई दिनको आज अन्तिम दिन हो ।

Facebook Comments Box

Share Icon