Share Icon

१७ जेठ , हेटौडा।   बागमती प्रदेश सभा बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका थिए। सो बैठकमा पेस भएको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए। प्रदेश प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले संसद्मा टेबुल गरेका थिए।

प्रदेश सभा बैठक बस्नुअघि बिहान ११ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रमुख सचिव खड्काले बताए। उनका अनुसार सो कार्यव्यवस्था बैठकले सदनको कार्यसूची निर्माण गर्नेछ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा ९एमाले० का २७, नेकपा ९माओवादी केन्द्र० का २१, राप्रपाका १३, नेकपा ९एकीकृत समाजवादी० का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य छन्।

Facebook Comments Box

Share Icon