जनमत पार्टी बाराको ईन्चार्जमा शिवनाथ पटेल मनोनीत
काठमाडाैं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सीके राउत ज्यूले जेष्ठ ०४ गतेका बारा जिल्लाको क्रान्तिकारी ,जुझारु चर्चित युवा नेता शिवनाथ पटेल लाई जनमत पार्टी बाराको जिल्ला ईन्चार्जमा मनोनीत गरेका छन ।
मधेस आन्दोलन लगायत विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा अग्रणी भुमिका खेलेका पटेल लाई जिल्ला ईन्चार्ज तोक्दै तपाईंको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा सहित तपाईंको कार्यकालको सफलताको शुभकामना समेत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतले लेखेका छन ।
बारा जिल्ला कलैयाको एक उदयीमान नेताको रुपमा शिवनाथ पटेललाई त्यहाँका जनता एवं युवाहरुले लिने गरेका छन ।

Facebook Comments Box







