बोली बचनमा नम्रता, कानून कार्यान्वयनमा कठोरताका साथ काम कारवाही गर्नु : कोशी प्रदेश प्रहरी प्रमुख बास्तोला

Share Icon

योगेन्द्र योगी

२५ बैशाख ,काठमाडाैं ।  बिराटनगर स् कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई बोली बचनमा नम्रता, कानुनमा कटिबद्दताका साथ प्रहरी काम कारवाही गर्न निर्देशन निर्देशन दिएका छन् ।

नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने आफ्नो जिम्वेवारी रहेको बताउदै, संगठनको हितलाई सर्वोपरी ठानी आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ(आफ्नो पदिय दायित्व निर्वाह गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ उनिहरुको मर्का र समस्यालाई सहजीकरण गर्दै सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिए ।

आ(आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ प्रहरी परिचालन गर्न र सवारी दुर्घटना न्युनिकरण तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिए ।

निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न, तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई अक्षरस पालना गर्न, चेकिङको क्रममा सभ्य र शिष्ट भाषा प्रयोग गर्न, आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

त्यसै गरी कुनै पनि प्रहरी आपराधिक गतिबिधि तथा त्यस्ता प्रवितिका ब्यक्तिहरु संग साँठगाँठ गरेको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने उनले बताए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.