Share Icon

१ चैत्र काठमाडौं।   २०५४ सालमा पनि गा.वि.समा वडा अध्यक्षमा रहेर निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका झगरु थारुले २०७४, २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष हुनुहुन्छ ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थारुले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ ।

राप्ती सोनारी गाउँपालिका वडामा अहिले बजेट समित रहेको र समित बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको निराकरणको लागि योजनाहरू अघि बढाइएको छ।’

जनताको विकास र समृद्धिको लागि वडामा धेरै लामो समयदेखी स्थानियबासीको सेवामा निरन्तर रुपमा लागी रहेको र निरन्तर रुपमा सदैब लागी रहने वडा अध्यक्ष थारुले बताउनुभयो।

उहाँले भन्नुुभयो, ‘स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि, सिचाई, विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौं ।’

त्यस्तै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर सुधारको लागि निजि क्षेत्रका विद्यालयका शिक्षकलाई प्रोत्साहन बापत विभिन्न कार्यक्रमहरु राखेका छौ ।

वडा अध्यक्ष थारुले भन्नुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’ उहाँले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’

उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । थारुले वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

यस वडामा जम्मा बजेट ६० लाख विनियाेजन गरेकाे सबैभन्दा धेरै वजेट विकास निमाण याेजनामा ७५ % बजेट बिनियाेजन गरेकाे वडा नम्बर ५ वडा सचिव हुमा कुमारी डागीले जानकारी दिनुभयाे । 

Facebook Comments Box

Share Icon