Share Icon

सागर परियार
२७ फागुन, राजापुर । बर्दियाकाे राजापुरस्थित रहेकाे अमर सहिद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मनोनयन दर्ता सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएकाे मनोनयन दर्ता प्रक्रिया दिउँसो ११ बजेसम्म चलेकाे थियाे । सो मनोनयन दर्तामा सबैभन्दा पहिला नेपाल विद्यार्थी संघले दर्ता गरेको थियो ।

सोपछि अखिल क्रान्तिकारी विद्यार्थी, नागरिक समाज विद्यार्थी तथा अन्तिममा अनेरास्ववियु ले आफ्नो उम्मेदवारी दर्ता गरेको थियाे ।

अमर सहिद बहुमुखी क्याम्पसमा जम्मा ४ ओटा विद्यार्थी संगठनले आफ्नो उम्मेदवारी दिएका छन् ।

Facebook Comments Box

Share Icon