‘आफू गयौ नेटो काटी’ सार्वजनिक

Share Icon

२६ फागुन,काठमाडौँ । एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित उक्त

म्युजिक भिडियो बिहीबार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गर्नुभएको हो ।कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियोबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले एकल महिलाका लागि सुरक्षा कोष स्थापना भए पनि प्रभावकारी हुन नसकेको बताउनुभयो । एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रम अगाडि सारेको सिन्हाको भनाइ थियो । म्युजिक भिडियोका माध्यमबाट महिलाको अवस्था बुझ्न मद्दत पुगेको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले समाजमा भोगिरहेका घटनाबारे गीतले वर्णन गरेको बताउनुभयो । पत्रकार अविनाशीले विदेशमा बसेर नेपाली साहित्य तथा गीत–सङ्गीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताउनुभयो । गीतले सामाजिक रुपान्तरणको सन्देश दिन खोजेको उहाँको भनाइ छ ।

उक्त गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने आकाश अधिकारी र उमा गिरीले अभिनय गर्नुभएको छ । राम लामा ‘अविनाशी’को लय तथा शक्ति बल्लवको सङ्गीत रहेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.