पर्यटन प्रवद्र्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

Share Icon

२४ फागुन,गण्डकी । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता छ ।

टेवानका अध्यक्ष कमला गिरीका अनुसार कोरोनालगायत विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको हो । स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धिलगायतका कार्यक्रम राखिएको उहाँको भनाइ छ ।

कार्यक्रमका क्रममा युवा तथा महिला उद्यमीलाई लक्षित गरी म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमन्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तक्र्रिया गर्ने बताइएको छ ।

नेपाल र चीनबीचको सीमानाका कोरला नाकासम्मको प्रवद्र्धनात्मक भ्रमणका क्रममा धार्मिक एवं ऐतिहासिकस्थल मुक्तिनाथ, गुम्बा आदिकोे प्रवद्र्धन गरिने गिरीले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि, डिजिटल मार्केटिङ तालिम एवं स्थानीय उत्पादनको ब्राण्डिङ र घरवास प्रवद्र्धन गरिने कार्यक्रम संयोजक शोभा

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.