कम्युनिष्ट एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउन अध्यक्ष ओलीको आग्रह

Share Icon

 २१ फागुन,काठमाडाैँ ।नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताउनुभएको छ ।

पचास वर्षको झापा विद्रोहका सन्दर्भमा सहिद भएकाहरुको स्मृति दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको पुनर्गठन, पुनःनिर्माण, एकीकरण, निःस्वार्थ जनसेवा, बलिदान र समृद्ध एवं समुन्नत राष्ट्रका सपना जस्ता झापा आन्दोलनले स्थापित गरेका मूल्य आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्यसहित सुरु भएको झापा विद्रोहका अग्रज योद्धाहरु रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी २००९ फागुन २१ गते हत्या गरिएको थियो ।

“विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिन थालेका शक्ति राष्ट्रहरुका प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने हाम्रो मार्ग जोखिमपूर्ण बन्दै गएको छ”, जारी वक्तव्यमा भनिएको छ ।

राजनीतिमा देखा परेको अस्थिरता, अवाञ्छित सत्तालिप्सा र आत्मसमर्पणवादले यस चुनौतीलाई अझ जटिल बनाएको उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्र सङ्कुचन, मन्दी र सङ्कटको चरणबाट गुज्रिएको र विगतमा अवलम्बन गरिएका कतिपय आर्थिक विचलन र हानीकारक नीतिका कारण अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा नेपालको विश्वसनीयता र प्रतिष्ठामाथि प्रश्नचिह्न खडा भएको बताउनुभयो ।
“विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारिँदा, जनताको सेवाप्रवाहमा बाधा सिर्जना गरिँदा, राजनीति भनेकै जसरी पनि सत्ता प्राप्तिका लागि हो र सत्ता भनेकै भागबण्डाका लागि हो भन्ने जस्ता गलत मान्यता स्थापित हुँदैछन्”, उहाँले भन्नुभयो ।

राजनीतिमा जवाफदेहिता, पारदर्शीता, विश्वसनीयता र मूल्यको केही अर्थ छैन भन्ने जस्ता विकृतिलाई संस्थागत गरिँदा जनतामा नैराश्य निरन्तर बढिरहेको उहाँको भनाइ छ ।

सामाजिक सद्भाव, सौहार्दता र मौलिक मूल्यको विघटन तीव्र बन्दै गएको भन्दै अध्यक्ष ओलीले यो नैराश्यबाट लाभ लिन एकातिर पश्चगामी शक्ति सलबलाई रहेको र अर्कातिर समाजलाई अराजकतातिर धकेल्ने प्रयास पनि तीव्र बन्दै गएको दाबी गर्नुभयो ।

बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सम्भव भएको भन्दै उहाँलेस्थायित्वको बलमा मात्रै राष्ट्रिय हितको रक्षा, विकास र समृद्धि प्राप्ति, सुशासन एवं सामाजिक न्यायको प्रत्याभूति हुने बताउनुभयो ।

“कम्युनिष्ट आन्दोलनलाई विभाजित गरी पुँजीवादीलाई नेतृत्वमा स्थापित गर्ने, दक्षिणपन्थी शक्ति बलियो बन्दा गौरवबोध गर्ने तथा सत्तालिप्सा, आत्मसमर्पण र कम्युनिष्ट आदर्शको स्खलनका माध्यमबाट आन्दोलनलाई भित्रैदेखि समाप्त पार्ने दक्षिणपन्थी अवसरवाद अहिले कम्युनिष्ट आन्दोलनको सशक्तीकरणका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ”, अध्यक्ष ओलीले भन्नुभयो ।
(((

एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.