सहीदका परिवारहरुकाे राज्यले उचित व्यवस्थापन गर्नुपर्छ : माओवादी नेता थारु

Share Icon

सागर परियार
२० फागुन, राजापुर ।
देशमा व्यवस्था परिवर्तन गर्न साहदत प्राप्त गर्ने महान योद्धाहरुको सधै सम्मान र आश्रित परिवारका सदस्यको उचित व्यवस्थापन राज्यले गर्नु पर्ने नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सन्त कुमार थारुले वताउनु भएको छ ।

बर्दियाको राजापुरमा आज नेकपा माओवादी केन्द्र नगर कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका थारुले शहीद कै सपनाले हामी आजको अवस्थामा पुगेको र पछिल्लो समयमा उनीहरुलाई भुल्दै जाँदा कमजाेर हुन परेको बताउँदै पार्टीको मूलमर्मअनुसार अगाडि बढ्न सहभागी सबैलाई आह्वान गर्नु भयो ।

आज नगरपालिकाका १५० शहीद तथा वेपत्ता व्यक्तिका परिवारलाई सम्मान गरिएको छ । राजापुर नगर कमिटी अध्यक्ष चिन्तामणी आचार्यको अध्यक्ष्तामा गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारु कविर, सचिव लक्ष्मी शर्मा आकाश, राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु, नगर उपप्रमुख मनकला कुमारी चौधरी, वडाध्यक्षहरु तथा शहिद वेपत्ता परिवारका अध्यक्ष उपाध्यक्षहरु अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पाटीलाई अगाडि बढाउन शहीद बनेका व्यक्तिहरु सम्माननीय रहेको र वेपत्ता व्यक्तिको छानविन गर्न जोडतोडले लाग्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रमको समापन गर्दै नगरअध्यक्ष तथा कार्यक्रमका अध्यक्ष आचार्यले नगरपालिकामा शहीद तथा वेपत्ता परिवारका सदस्यहरुलाई गरेको सम्मान कार्यक्रम अत्यन्तै फलदायी रहेको र आफुहरुले हाम्रा वीर सपुतहरुलाई सधैभरी सम्झने र उहँहरुको आश्रित परिवारको वृत्तिविकाका लागि स्थानीय प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरिरहने वताउदै समापन गर्नु भएको थियो ।

औपचारीक रुपमा सञ्चालित कार्यक्रमा कलाकारहरुले सांगितिक नृत्य प्रस्तुत गरेका थिए । राजापुरको खानेपानी कार्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा नं. ८ का वडाध्यक्ष राजेश थारुले गर्नु भएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.