Share Icon

८ फागुन , काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधान स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय कास्की जिल्ला स्थित पोखरा महानगरपालिका वडा नं.१ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष प्रधान अहोरात्र खटिरहनु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शाहारा प्रधानले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष प्रधानले बताउनुभयोे ।

वडा अध्यक्ष प्रधान भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

उहाँ पहिले वडा सदस्यमा रहेर पाँच वर्षको कार्यकाल सक्काएर अहिले वडा अध्यक्षमा निर्वाचित भएर वडामा रहेर काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष प्रधानले बताउनुभयो ।

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा पुराउनको लागि बृहत रुपमा काम भईरहेको उहाँले बताउनुभयो । बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै नालि बाटो बनाउने र टोल टोलमा ढलान गर्ने काम भईरहेको छ उहाँले जानकारी दिनुभयो ।

वडामा रहेका सामुदायिक विद्यालयका रहेका गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पढाईको लागि आर्थिक सहयोग गरेको वडा अध्यक्ष प्रधानले बताउनुभयो ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडा भित्र स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य सेवाहरु उपलब्ध गराईरहेको उहाँले बताउनुभयो । महिलाहरुलाई लक्षित गर्दै सिपमुलक तालिमहरु सञ्चालन गर्ने योजना हरेको उहाँको भनाई छ ।

त्यस्तै गरी बृहत सरसफाई अभियानको कार्यक्रमहरु गर्ने योजना रहेको उहाँले बताउनुभयो । वडाको चौतर्फी विकास गर्नको लागि सदैब लागि परिरहेको उहाँले बताउनुभयो ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon