Share Icon

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सय रूपैयाँले बढेर एक लाख ४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box

Share Icon