हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा
♥सागर परियार
२६ माघ, काठमाडाैं । बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७/९/१० मा दिनहँ जङ्गलबाट आउने हात्तिको समुहले स्थानिय किसानको खेतमा लगाएको अन्नबालि नोक्सान गनर्,े घर भत्काउने, पशुचौपाया मार्ने गर्दा स्थानिय बासि त्रसित भएको राजापुर नगरपालिका वडा न ७ का स्थानीय किसान श्याम लाल थारुले बताउनु भएको छ ।
उहाँका अनुसार बर्षौ देखि जंगली हात्ती बाट आफुहरु ले लगाएको अन्नबालि नोक्सान हुदै आएको , केही बर्ष पहिले विद्युतिय तारबार लगाएर केही हद सम्म सो तारबार बाट आफुहरु ले अन्नबानी राम्रो सग पाएको तर १/२ बर्ष पछि सो तारबारलाई जंगली हात्ती को समुहले
पोल भाचेर तार नाघेर समेत भित्र आएर अन्न बाली नोक्सान गर्ने , कहिले काहीँ त आफूहरुले खेतको अन्न घर मा भित्र्याएर पनि घरमै आएर तोडफोड गर्ने अन्न बाली खाइदिने समस्या भोग्दै आएको बताउनु भएको हो ।
राजापुर नगरपालिका वडा न ९ का स्थानीय किसान सुन्दर लाल चौधरी का अनुसार आफुहरु ले पहल गर्दा पनि अहिले सम्म त्यसको दीर्घकालीन कुनै उपाय नरहेको बताउदै “स्थानीय सरकार ,प्रदेश सरकार के बाट हो हामीलाई थाहा छैन्न तर राति को समय मा भारतको जंगल बाट हात्ती आउदा धपाउन को लागि उच्च स्तरिय मचान को निर्माण गरेता पनि अन्न बालि बचाउन नसकेको बताउनु भएको छ ।
त्यसै गरि वडा न १० का स्थानीय किसान शंकर परियारका अनुसार विद्युतिय तारबार बाट त केही हद सम्म बालि नाली बचेको छ तर कहिले काहीँ सो तार नाघेर पोल भाचेर खेत भित्र आउने गर्दछन ।
धपाउनको लागि टर्च,लाइट, हल्ला गरेर धपाउनु पर्ने बाध्यता रहेको र कहिले काहीँ धपाउदा आफू तिर आउने, नजिक भएका घर हरु भत्काएर नोक्सानी पुयाउने ‘े गरेको बताउनु भएको छ । स्थानीय किसानहरुका अनुसार भारतीय सिमा नजिक रहेकाले यो समस्या पहिले देखि नै भोग्दै आएको बताएका छन ।
आफुहरु ले यसको दीर्घकालीन समस्या समाधान को लागि पहल गर्दा पनि सम्बन्धित निकायले आश्वासन दिने बाहेक अहिले सम्म केही नगरेको स्थानियबासीहरुको गुनासो रहेको छ ।
राजापुर नगरपालिका वडा न ७ का अध्यक्ष का अनुसार आफुले सक्दो पहल गरेको र अहिले केही नभए पनि कम्तिमा पनि तार र बल्ब स्थानीयलाई उपलब्ध गराउने भन्दै वडाको बजेट कम रहकोेले तत्काल वडा बाट त्यस्तो केहि गर्न नसके नगरमा जानकारी गराई छिटोभन्दा छिटो समस्या को समाधान खोज्न तिर लाग्नेका साथै आउने दिनमा आफुले यस विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनु भएको छ ।







