वडामा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष श्रेष्ठ

Share Icon

१६ माघ , काठमाडाैँ । गोरखा जिल्ला स्थित आरुघाट गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष सन्जीत श्रेष्ठले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष सन्जीत श्रेष्ठ ।

पछिल्लो समय वडा नम्बर १० मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइरकाे छ ।

भौगोलिक दृष्टिकाे हिसाबले यो वडा विकट क्षेत्रमा पर्दछ । बाढि, पहिरो र भुक्षयले धेरै हानी नोक्सानी गर्ने समस्या रहेकोले वडाको पहलबाट व्यक्तिगत रुपमा श्रमदान बापत बृहत वृक्षारोपण कार्यक्रमहरु राखेर विभिन्न प्रकारका बोट बिरुवाहरु काठमाडौँबाट ल्याएर रोप्ने काम सम्पन्न भएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यसै गरी स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिदै डेङगुबाट पिडितलाई गोरखाबाट विषाधि औषधि ल्याएर किटाणुहरु नष्ट गरेको र वडाको स्वास्थ्य चौकी मार्फत घुम्ति स्वास्थ्य सिविर सञ्चालन गरेर वडाबासीहरुलाई स्वास्थ्य सुबिधा उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी कृषिको क्षेत्रमा पनि विशेष जोड दिदै कागति, सुन्तला, खयर, अम्लिासो तथा मकैको विउँ वितरण गरेका छौ । शैक्षिक गुणस्तर कायम गर्नको लागि भौतिक पुर्वाधारलाई मध्यनजर गर्दै नियमित अनुगमन गर्ने काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले भन्नुभयो , ‘ वडामा धेरै साना तिना योजनाहरु सम्पन्न गरिसकेका छौ । वडामा रहेका बाकी योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ । वडाको चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौ । ‘

उहाँले भन्नुभयो,  ‘ स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेको उहाँले बताउनुभयो । ‘

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.