Share Icon

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको बताएका छन् ।

बुधबार राति ट्वीटरमार्फत मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि व्यक्त गर्दै सांसदसमेत रहेका राउतले यस्तो बताएका हुन् ।

उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएकोबताए । कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको उनको आक्रोश छ ।

यस्तै उनले सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए ।

‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन् । मधेशले यसको प्रतिकार गर्नेछ,’ उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

Facebook Comments Box

Share Icon