२९ पाैष,काठमाडौैँ । खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो ।
राष्ट्रियसभाको गत जेठ २० गते बसेको बैठकले सातवटै प्रदेशको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनका लागि सांसद देवकोटाको संयोजकत्वमा सात सदस्यीय विशेष समिति गठन गरेको थियो । आजको बैठकमा सांसद देवकोटाले उक्त समितिको प्रतिवेदन पेश गर्दै अझै पनि विशेष समितिले काम गर्न बाँकी रहेकाले एक हप्ता कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै कार्यावधि थप गरिएको हो ।बैठकमा विशेष समितिका संयोजक देवकोटाले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। राष्ट्रियसभाको अर्को बैठक आगामी माघ १० गते दिउँसो १ बजे बस्नेछ ।
Related posts:

देश परिवर्तनका लागि पहिले माओवादी रूपान्तरण गर्नैपर्छ : अध्यक्ष दाहाल

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन सरकारलाई संसदीय समितिको निर्देशन

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ गर्नुहुने

ढाकाकुमारको प्रष्टीकरण – सांसद बन्न तीन करोड बुझाएको छैन्, समाचार भ्रामक र तथ्यहीन

