सत्ता साझेदार बैठकले लगायाे प्रदेश भागवण्डाकाे टुंगाे

Share Icon

काठमाडौं । सत्ता साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ ।

त्यस्तै तीन वटा प्रदेशमा भने आलोपालो सरकार चलाउने सहमति भएकाे छ । बाग्मती र सुदूरपश्चिमा एमाले र माओवादीबीच आलापालो हुनेछ ।

यो सहमतिअनुसार बागमतीमा पहिलो पटक माओवादीले नेतृत्व गर्नेछ भने सभामुख राप्रपाले पाउनेछ । एमालेले उपसभामुख लिने सहमति शीर्ष तहमा जुटेको छ ।

सुदूरपश्चिममा पहिलो पटक एमालेले नेतृत्व गर्नेछ भने माओवादीले सभामुख लिने छ । मुख्यमन्त्री दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई भने उपसभामुख लिन प्रस्ताव गरिएको थियो ।

बैठकमा सबै राजनीतिक दललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय पनि भएको हो । त्यस्तै सरकार सञ्चालनका लागि साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य समेत भएकाे छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी थिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.