त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने

Share Icon

१ कार्तिक, काठमाडाैं । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत घरेलु टोली नेपालले बुधबार यूएईको सामना गर्ने भएकाे छ।

साेही सिरिज अन्तर्गत नेपालले पहिलो खेल यूएईसँग बुधबार दिउँसो १ बजे मूलपानी रंगशालामा खेल्ने भएकाे हाे । विश्वकप छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित टी-२० क्रिकेट सिरिज आयोजना गरेको हो।

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। टी–२० मा नेपाल र यूएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा र यूएई तीन खेलमा विजयी भएको छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ, ललितनारायण राजवंशी र मौसम ढकाल रहेका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.