के हो चीनको ग्रे जोन रणनीति ? किन प्रयोग गरिरहेको छ ताइवान माथि ?

Share Icon

एजेन्सी । गत महिना कीर्तिमानी संख्याका चिनियाँ लडाकु विमानहरुले चीन तथा ताइवानबीचको अनौपचारिक सीमा पार गरे । उक्त विषयमा ताइवानले चिन्ता व्यक्त गरेलगत्तै चीनले भने ताइवान र आफ्नो बीचमा यस्तो कुनै पनि सीमारेखा नरहेको बतायो ।

१०३ वटा चिनियाँ लडाकु विमानहरु ताइवानको नजिक उडाइएको थियो र त्यसमध्ये ४० वटा विमान त ताइवानको वायु प्रतिरक्षा पहिचान क्षेत्रभित्र छिरेका थिए। यो ताइवानप्रति चीनको आक्रामण रवैयाको नयाँ तरिका थियो ।

चीनले ताइवानमाथि आफ्नो दाबी गर्दै आएको छ । उसले अघिल्लो वर्ष धेरैपटक नै ताइवानको आकाशमा आफ्ना लडाकु जहाज उडाइसकेको छ र ताइवान टापुको नजिक आफ्नो नौसेनाको जहाजहरु लगिरहेको छ ।

ताइवानलाई पुनः चीनमा सामेल गर्ने प्रयास तीव्र भएसँगै चीनका यस्ता सैन्य अभ्यास बढ्न थालेका छन् । अहिलेसम्म चीनले जे गरिरहेको छ त्यो ताइवानमाथिको प्रत्यक्ष आक्रमण होइन । तर, उसले यी सबै काम ग्रे जोनमा गरिरहेको छ ।

यो चिनियाँ सेनाको एक चालबाजी हो जस अन्तरगत उसले सीधै युद्ध त गर्दैन तर शक्ति प्रदर्शन भने गर्दछ । ग्रे जोनको अर्थ कुनै पनि देशले प्रत्यक्ष आक्रमण नगर्ने तर यस्तो खालको त्रास सधैं देखाइरहने कार्य हो । सीधा सैन्य कारबाहीको साटो यस्ता विभिन्न गतिविधिहरु भैरहन्छन् जसबाट आक्रमणको डर सधै भैरहन्छ । ताइवानसँग चीनमा पनि त्यही गरिरहेको छ ।

अमेरिका र चीनबीचको सम्बन्धमा ताइवान सदैव एउटा प्रमुख कारण बनिरहेको छ । विश्लेषकहरुका अनुसार ग्रे जोनको रणनीति एउटा पनि गोली नचलाइकन ताइवानमाथि नियन्त्रण जमाउने चिनियाँ रणनीतिको हिस्सा हो ।

चीन के हासिल गर्न चाहन्छ ?
ताइवान र अमेरिकाबीच जब उच्चस्तरीय राजनीतिक आदानप्रदान हुन्छ तब चीनले त्यस्तो कार्यलाई उक्साहट ठान्दछ र जवाफमा प्रायः यस्तो सैन्य अभ्यास गर्दछ । जानकारहरुका अनुसार ग्रे जोन युद्ध रणनीति वास्तवमा एउटा यस्तो तरिका हो जसबाट लामो अवधिमा विस्तारै प्रतिद्वन्द्वीहरुलाई कमजोर पारिन्छ । चीनले ताइवानसँग पनि ठीक यस्तै गर्ने कोसिस गरिरहेको छ ।

लण्डनस्थित किंग्स कलेजमा पूर्वी एसियाको युद्ध तथा रणनीति विषयका प्राध्यापक एलेसिया पटलानोका अनुसार ताइवानको वायु प्रतिरक्षा पहिचान क्षेत्रलाई नियमित रुपमा पार गरेर चीनले यो कुराको परीक्षण गरिरहेको छ कि त्यस्तो गतिविधि रोक्नका लागि ताइवान कुन हदसम्म जान सक्छ ।

एयर डिफेन्स आइडेन्टिफिकेसन जोन स्वघोषित हो र प्राविधिक रुपमा अन्तर्राष्ट्रिय हवाई क्षेत्र मानिन्छ । चीनबाट आइरहेका लडाकु विमानहरुलाई मध्यनजर गर्दै ताइवानले पनि आफ्नो वायु प्रतिरक्षा क्षेत्रमा विमान तैनाथ गरेको छ । तर, यो कार्य ताइवानका लागि दीर्घकालीन उपाय हुन नसक्ने प्राध्यापक पटलानो बताउँछन् ।

विश्लेषकहरुका अनुसार चीनको यो सैन्य अभ्यास ताइवानलाई कमजोर पार्नुका साथै चीनका लागि उसको आफ्नो सैन्य शक्ति जाँच्ने मौका पनि हो । चीन यसबाट आफ्नो सेनाको समन्वय तथा निगरानी जस्ता क्षमताहरुको परीक्षण पनि गर्न चाहन्छ ।

यसका अलावा ताइवानमा आफ्नो सेनाको माध्यमबाट बढिरहेको दबाबलाई सामान्यीकरण गर्ने कोसिस गरिरहेको छ र ताइवानलाई कत्तिको अन्तर्राष्ट्रिय समर्थन प्राप्त हुन्छ भन्ने कुरासमेत बुझ्ने प्रयास गरिरहेको छ ।

अमेरिकास्थित नेसनल ब्यूरो अफ एसियन रिसर्चका डेभिड गिटरका अनुसार सुरुमा सेनाका गतिविधिलाई सामान्यीकरण गरिनेछ र फेरि त्यसको आडमा एकदिन वास्तविक आक्रमणको पहिलो चाल चालिन सक्दछ । त्यसबेला ताइवान र उसको ठुलो सहयोगी अमेरिका त्यसका लागि पूर्ण रुपमा तयार भएका हुने छैनन् ।

ताइवान जल संयोजकमा चीन र ताइवानबीच एक सीमा रहेको ताइपेइको दाबीलाई पनि चीनले कडाइका साथ अस्वीकार गर्न सुरु गरेको छ ।

सेप्टेम्बरमा चिनियाँ सैन्य अभ्यासका बारेमा ताइवानले जनाएको प्रतिक्रियाका विषयमा सोधिएको प्रश्नमा चिनिया विदेश मन्त्रालयका प्रवक्ता माओ निंगले ताइवान स्ट्रेटमा कुनै सीमा नभएको बताएकी थिइन् ।

विश्लेषकहरुका अनुसार ताइवानसँग रहेको सानो संख्याको सेना, नौसेना तथा पुराना तोपहरुले चीनको शक्तिशाली सेनासँग कुनै मुकाबिला गर्न सक्दैन । यससँग कैयन् ताइवानीहरु पनि सहमत छन् ।

ताइवान पब्लिक ओपिनियन फाउन्डेसनले गतवर्ष एउटा सर्भेक्षण गरेको थियो । जसमा आधाभन्दा धेरै ताइवानीले चीनसँग युद्ध भएको अवस्थामा चीनले जित्ने धारणा व्यक्त गरेका थिए भने केवल एक तिहाइले मात्र ताइवानले जित्ने बताएका थिए ।

यसका बाबजुत ताइवानले आफ्नो रक्षा बजेट बढाइरहेको छ । युनिभर्सिटी अफ नटिंघमको एक सर्भे अनुसार झण्डै आधा ताइवानीले देशको हालको रक्षा बजेट पर्याप्त रहेको बताएका छन् भने एक तिहाइले हालको रक्षा बजेट नै आवश्यकताभन्दा बढी रहेको धारणा व्यक्त गरेका छन् ।

चीनले कहिले ग्रे जोन रणनीति प्रयोग गर्छ ?
चीनले पूरै साउथ चाइना सी माथि आफ्नो दाबी गर्दछ, जबकि त्यसमाथि फिलिपिन्स, ताइवान, मलेसिया, भियतनाम र ब्रुनाइले पनि दाबी गर्दछन् । चीनले उक्त विवादित क्षेत्रहरुमा ठुलाठुला पूर्वाधारहरु पनि निर्माण गरिसकेको छ।

ताइवान र अमेरिकाबीच जब उच्चस्तरीय राजनीतिक आदानप्रदान हुन्छ तब चीनले त्यस्तो कार्यलाई उक्साहट ठान्दछ र जवाफमा प्रायः यस्तो सैन्य अभ्यास गर्दछ ।

सन् २०२२ को अगष्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण पश्चात् चिनियाँ सैन्य अभ्यास लगातार बढिरहेको छ ।

पेलोसीको भ्रमणपछि चीनले एक साता लामो सैन्य अभ्यास गरेको थियो, जसमा चारदिन सम्म लाइभ फायर डिूल र त्यसपछि पनडुब्बी प्रतिरोधी आक्रमणको रिहर्सल गरेको थियो ।

त्यस्तै गत अप्रिलमा ताइवानी राष्ट्रपति साई इंग वेनले क्यालिफोर्नियामा तत्कालीन अमेरिकी सभामुख केभिन म्याकार्थीसँग भेटवार्ता गरेपश्चात् पनि चीनले आफ्नो शेडोंग विमानबाट सैन्य अभ्यास गर्नुका साथै ताइवानलाई सिल गर्ने अभ्यास पनि गरेको थियो ।

त्यस्तै चीनले पूर्वी क्षेत्रमा ताइवानको प्रशान्त तटीय क्षेत्रमा पनि जेट विमान उडायो ।

यस्तो लाग्दैछ कि चीनले ताइवानलाई चारैतर्फबाट नाकाबन्दी गर्ने अभ्यास गरिरहेको छ । तर, पेन्टागनका अधिकारीहरु भने ताइवान र उसका सहयोगीहरुलाई आफूलाई तयार पार्ने समय प्राप्त भैरहेको हुँदा चीनले त्यसो गर्न नसक्ने बताउँछन् ।

ताइवानी उपराष्ट्रपति विलियम लाईको अमेरिका भ्रमण पश्चात् सेप्टेम्बरमा चीनले पुनः सैन्य अभ्यास गरेको थियो ।

लाईको अमेरिका भ्रमण गर्ने कार्यलाई चीनले समस्या सिर्जना गर्ने कदम भनेको थियो र ताइवानलाई सैन्य अभ्यास गर्ने चेतावनी दिएको थियो ।

उता कतिपय विश्लेषकहरुले भने आफ्ना रक्षामन्त्री ली शांगफू बेपत्ता भएको खबरका बीच चीनले शक्ति प्रदर्शनको कोसिस गरिरहेको बताउँछन् ।

हुनत चीनले यस्तो खालका चालबाजीहरु केवल ताइवानसँग मात्र गरिरहेको छैन पूरै दक्षिणी चीन सागरमा गरिरहेको छ ।

चीनले पूरै साउथ चाइना सी माथि आफ्नो दाबी गर्दछ, जबकि त्यसमाथि फिलिपिन्स, ताइवान, मलेसिया, भियतनाम र ब्रुनाइले पनि दाबी गर्दछन् । चीनले उक्त विवादित क्षेत्रहरुमा ठुलाठुला पूर्वाधारहरु पनि निर्माण गरिसकेको छ ।

अन्तर्राष्ट्रिय न्यायाधीकरणले समेत उक्त जलक्षेत्रमा चीनले दाबी गर्नुको कुनै कानूनी अधिकार नभएको फैसला गरिसकेको छ । तर, उक्त फैसलाका बाबजुत चीनले दक्षिण चिनियाँ सागरमा फिलिपिन्सको सुरक्षा तथा माछा मार्ने जहाजलाई रोक्नका लागि कोस्ट गार्ड तथा मिलिसिया जहाज तैनाथ गरेको छ ।

ग्रे जोनमा हुने गतिविधि बढ्न सक्छन् ?
अमेरिकास्थित नेसनल ब्यूरो अफ एसियन रिसर्चका डेभिड गिटरका अनुसार आगामी दिनमा चीनको सैन्य अभ्यासको गतिविधि झनै बढ्नेछ र पहिलेभन्दा झनै उत्कृष्ट बन्नेछ।

सैन्य अभ्यासका कारण त्यस क्षेत्रको सैनिकीकरण तीव्र रुपमा बढिरहेको छ । चीनले ताइवान आसपासको समुद्र तथा आकास दुवैलाई ड्रिलका लागि प्रयोग गरिरहेको छ ।

अमेरिका र उसका सहयोगीहरुले पनि साउथ चाइना सागरमा आफ्नो सैन्य अभ्यास बढाएका छन् । यसै हप्ता मात्रै अमेरिका र फिलिपिन्सले नयाँ सैन्य अभ्यासको सुरुवात गरेका छन् ।

भलै अरुलाई उक्साउने मनसाय कुनै पनि पक्षको नहोला तर जानकारहरु भने यसले दोस्रो पक्षलाई उत्तेजित पार्ने बताउँछन् । युद्धपोत तथा लडाकु विमानहरुका कारण गलत आँकलनको खतरा बन्दछ ।

चीन तथा अमेरिकाको सेनाको बीचमा कुनै प्रत्यक्ष संवाद छैन । यद्यपि अमेरिकाले भने दुवै देशमा तनाव कम गर्नका लागि चीनसँग संवाद कायम गर्न चाहेको जनाएको छ ।

सेप्टेम्बरको कीर्तिमानी चिनिया सैन्य अभ्यासबाट के देखिन्छ भने यस्तो खालका गतिविधिहरु चिनिया राष्ट्रपति सि जिनपिङका नीतिहरुकै हिस्सा हुन् र ती कुनै विदेशी उक्साहट विना नै भविष्यमा तीव्र हुँदै जानेछन् ।

चिनियाँ राष्ट्रपतिले हालै आफ्नो मुलुकले शक्तिको प्रयोग नगर्ने बाचा कहिल्यै नगर्ने तथा ताइवान सदैव चीनसँगै जोडिएर रहने बताएका थिए ।

तर जानकार हरुका अनुसार आगामी महिनाहरुमा चीनले सावधानी पूर्वक कदम चाल्नुपर्नेछ । यदि चीनले यसैगरी आफ्नो शक्ति प्रदर्शनलाई निरन्तरता दियो भने त्यसले आगामी जनवरीमा ताइवानमा हुने चुनावमा विलियम लाईको जितलाई झनै सजिलो पारिदिनेछ । लाई ताइवानको स्वतन्त्रताका समर्थक नेता हुन् ।

आगामी वर्ष चीनले फुजियान विमान बाहकको प्रयोग सुरु गर्ने योजना बनाएको छ । यो निकै आधुनिक विमान हो र यसबाट ताइवान स्ट्रेटमा चीनको क्षमता अझै बढ्ने ताइवानको विश्वास छ ।

अमेरिकास्थित नेसनल ब्यूरो अफ एसियन रिसर्चका डेभिड गिटरका अनुसार आगामी दिनमा चीनको सैन्य अभ्यासको गतिविधि झनै बढ्नेछ र पहिलेभन्दा झनै उत्कृष्ट बन्नेछ ।

उनी भन्छन्, ‘यस्तो लाग्छ कि सैन्य अभ्यास त्यसबेला सम्म बढ्नेछ जबसम्म यसले एउटा वास्तविक आक्रमणको स्वरुप लिनेछैन।‘ बीबीसीबाट

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.