एशियाली खेलकुदको क्रिकेटमा नेपाल पराजित

Share Icon

१६ असाेज,काठमाडौं । चीनमा जारी १९औं एशियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वाटरफाइलमा पराजित भएको छ ।

मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।

नेपालले ९ विकेट गुमाएर १ सय ७० रन मात्रै बनाएकाे हाे । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् । नेपाल र भारतबीचको याे पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो।

यसअघि नेपालले एशिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.