देशका अधिकांश भागमा वर्षा हुने

Share Icon

७ असाेज,काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

आइतबार बिहान कोशी प्रदेशमा सामान्य बदली रहेकाेेे छ। साथै बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आइतबार दिउँसो भने कोशी प्रदेशमा सामान्य बदली हुने भएकाे छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भू-भागका केही  स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।

आइतबार राति भने कोशी र मधेश प्रदेशमा सामान्य बदली हुने भएकाे छ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना  भएकाे महाशाखाले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.