प्रजातन्त्र सेनानी नेपालको निधन

Share Icon

२६ भदौ,मध्यविन्दु (नवलपरासी) । प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति हुनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोग्नुभएका उहाँ २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित रहनुभएको नेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताउनुभयो । “२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि नेताहरुसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुट्नुभएको थियो”, उहाँले भन्नुभयो, “विसं २०३५ मा सङ्घसंस्था नियन्त्रण ऐनअन्तर्गत तत्कालीन पञ्चायती सरकारले उहाँलाई गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो ।” उहाँका एक छोरा, दुई छोरी र दुई श्रीमती हुनुहुन्छ । नेपाली कांग्रेस नवलपुरले प्रजातन्त्र सेनानी नेपालको निधनको शोकमा पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिनसम्म जिल्लामा रहेका सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको जिल्ला सचिव होमराज रानाभाटले बताउनुभयो ।
Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.