वीर शहिद यादवको छैठौं श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

Share Icon

बारा । जनमत पार्टी बाराले सदरमुकाम कलैया स्थित शहिद चौकमा वीर शहिद स्व. राम मनोहर यादवको छैठौं श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन ।

तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई एउटा सार्वजनिक कार्यक्रममा प्रश्न सोध्दा जसपा अध्यक्ष उपेन्द्र यादवकै ईसारामा नेपाल प्रहरी द्वारा राम मनोहर यादवलाई प्रहरी हिरासतमै हत्या गरीएको थियो ।

मधेस आन्दोलन देखि एक कुशल क्रान्तिकारी मधेसी अधिकारका लागि सधैं चिन्तन गर्ने महान होनहार नेताको छवि बोकेका स्वराजी राम मनोहर यादवको बलिदानी मधेसले कहिल्यै बिर्सिने छैन ।
तत्कालीन् स्वास्थ्य मन्त्रीलाई बर्दिया जिल्लाको एउटा कार्यक्रममा प्रश्न सोध्न आएको भन्दै मन्त्रीको निर्देशनमा प्रहरीद्वारा पक्राऊ गर्न लगाई हिरासतमा चरम यातना दिँदा २०७५ साल भदौ १५ गते उनको हिरासतमै मृत्यु भएको थियो।

स्मरणीय के छ भने महाभारतको युद्धमा पनि मान्छे मारिँदा लाश लग्न दिँइन्थ्यो र मृत्युसंस्कार गर्न दिइन्थ्यो। तर नेपाल सरकारले वीर राममनोहर यादवको लाश समेत 5 महिनासम्म दिएन र अन्तिममा दिएर शव लग्दाखेरि फेरि बाटैबाट खोसेको थियो।

जनमत पार्टी बाराका जिल्ला ईन्चार्ज एवं केन्द्रीय सदस्य शिवनाथ पटेल ज्यूको नेतृत्वमा सम्पन्न कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामबाबु साह,रौशन खातुन ,सुनिल यादव ,केन्द्रीय सदस्य विजय गुप्ता , नगिना देवी जैसवाल , मधेस प्रदेश समिति सदस्य संतोष पटेल ,गजानन्द यादव, युवा जनमत संघ बाराका संयोजक विकास कुमार सिंह , महिला जनमत संघ बाराका संयोजक अमृता कुमारी देवी भगत , महिला नेतृ शुष्मा यादव लगायत विभिन्न नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.