Share Icon

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज (बिहिबार) हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजुमास्टर), पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कलाकारहरूमाथि युट्युबमार्फत् अवैध ‘वानएक्स बेट’ खेल्न प्रोत्साहन गर्ने उद्देश्यले विज्ञापन प्रशारण गरेको आरोप छ ।

हिजो मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

उनीहरुले बिभिन्न बैकका खाता प्रयोग गरी ७४ करोडको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

Facebook Comments Box

Share Icon