जनताको विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष खेमराज भट्ट

Share Icon

१८ जेठ , काठमाडौं । नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ ।

नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्ये पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो ।

डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । यस अमरगढी नगरपालिका ११ वटा वडा कायम गरिएको छ।

अमरगढी नगरपालिका वडा नम्बर १० मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ ।

अमरगढी नगरपालिका वडा नम्बर १० मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष खेमराज भट्ट ।

चालु आर्थिक वर्षको बजेटबाट वडामा काम चाडै सक्ने तयारीमा रहेको वडा अध्यक्ष भट्टले जानकारी गराउनुभयो । योजना बनाउन टोलटोलमा रहेको कुरा समेत अध्यक्ष भट्टले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा प्राथमिकता खानेपानी र सडकलाई दिदैँ वडा नम्बर १० मा यो वर्ष वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ।”

अमरगढी नगरपालिका वडा नंम्बर १० मा तीव्र रूपमा बिकासकार्य भइरहेको छ । स्थानीय तहको चुनाव पश्चात् उक्त वडाको हरेक क्षेत्रमा जनताको अपेक्षा अनुसारका कार्यहरू सशक्त रूपमा अगाडी बढाइएको वडा अध्यक्ष भट्टले बताएका छन् ।

वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिले सम्म विकास कार्य सुरु नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरु गर्ने योजना तयार भैसकेको अध्यक्ष भट्टले बताएका हुन ।

पछिल्लो समय अमरगढी नगरपालिका वडा नं १० ले विकासको फड्को मारिहेको छ। जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको वडा अध्यक्ष भट्टले बताउनुभएको छ।

उहाँले भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।”

अन्त्यमा समग्र वडाबासीलाई के भन्न चाहानुहुन्छ ?

अमरगढी नगरपालिका वडा नम्बर १० का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याको समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.