नेपाल र भारतबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट भयो : प्रधानमन्त्री मोदी

Share Icon

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको बताए ।

उनले भने, ‘आज मैले र प्रधानमन्त्री प्रचण्डले भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं ।’

नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको, जसले नेपालका जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको उनले बताए ।

भारत र नेपालको बीचमा लङटर्म पावर ट्रेड एग्रिमेन्ट भएको उनले बताए । मोदीले भने, ‘१० वर्षमा नेपालमाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.