टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु

Share Icon

उमेश दलामी

१५ बैशाख ,काठमाडाैं । बारामा रड बोकेको टयाक्टरमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार राति भएको दुर्घटनामा बा ८० प ४०२१ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका(२१ बस्ने २४ वर्षका राजनकुमार रामको मृत्यु भएको हो।

राति १० बजेको समयमा कलैया(वीरगञ्ज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका(२३ स्थित राम सवार रहेको मोटरसाइकलले रड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियोे।

ठक्करबाट मोटरसाइकल चालक रामको शरीरभर ट्याक्टरको टेलरमा लोड भएको रड घोचिएको थियो।

उनको घटनास्थलमा नै ज्यान गएको र टयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको बाराका डिएसपी पुरुषोतम पान्डेले जानकारी दिए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.