लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

Share Icon

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

चौधरीले बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । २७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।

त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक(एक सांसदको समर्थन रहेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.