मलेसियाविरूद्ध जितका लागि नेपालले पायो २३६ रनको लक्ष्य

Share Icon

५ बैशाख, काठमाडाैं ।  एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ।

निर्धारित ५० ओभरको खेलमा मलेसियाले ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको हो। मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे। ९५ बलमा ७६ रन बनाएका फैजले ८ चौका र १ छक्का प्रहार गरे।

यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे। ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन(तीन विकेट लिए। ९ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए। नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.