Share Icon

♠ हस्ता विष्ट
१२ चैत्र, काठमाडाैँ ।  गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ ।

यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ ।

नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर ४ गा.वि.स. समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ ।

गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९.९३ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ३४०८१ जना महिला तथा ३०९९७ जना पुरुष गरि जम्मा ६५०७८जनसंख्या रहेको छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित गैँडाकोट नगरपालिका वडा नं.७ का वडा अध्यक्ष होमनाथ सापकोटोले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

गैँडाकोट नगरपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष होमनाथ सापकोटा ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष सापकोटाले अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष सापकोटाले भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

होमनाथ सापकोटा वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले भारतको टाटा कम्पनिमा १७ वर्ष काम गरेर अबकास प्राप्त भईसकेपछि कृषि पेशामा आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. ७ मा नगरबाट ७५ लाख, प्रदेशबाट १० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष होमनाथ सापकोटाले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष सापकोटाले बताउनुभयोे ।

वडा अध्यक्ष सापकोटाले भन्नुभयो, ” वडामा शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकता दिए साथसाथै खानेपानीको क्षेत्रमा ९० प्रतिशत वडाबासीको घरघरमा धारा पुराईसकेको र बाकी धारा नपुगेकोे ठाउँमा पुराउनको लागि निरन्तर रुपमा लागि परिरहेका छौ । ”

त्यसै गरी बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ढलान गर्ने र कालोपत्रे गर्ने काम सम्पन्न भएको वडा अध्यक्ष सापकोटाले प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ” शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयको भवन मर्मत सम्भार गर्ने र गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई वडाबाट निशुल्क व्यवस्था गरिएका छौ । ”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुिवधाहरु दिईरहेको र गरिब तथा विपन्न वर्गका मानिसहरुको निशुल्क स्वास्थ्य विमा गर्ने योजनामा रहेको वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

उहाँ भन्नुभयो,  ” महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाई तालिमहरुको व्यवस्था गरेका छौ । ”

त्यसै गरी युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदहरुको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष सापकोटाले भन्नुभयो,  ” यस वडामा रहेको मुख्य समस्या भनेको विद्युतको रहेकोले स्थानिय सरकारले विद्युतको क्षेत्रमा कुनै पनि वास्ता नगरेको र सुनुवाई नगरेको उहाँको भनाई छ । ”

वडा अध्यक्ष होमनाथ सापकोटाले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon