१० चैत,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।
प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन् ।
Facebook Comments Box
Related posts:

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री

गण्डकी सरकारलाई पूर्णता दिने तयारी

मुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित महाकाली-मेची अभियान : उपाध्यक्ष पौडेलमुलुकको बागडोर ...

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ

