Share Icon

बारा । बारा जिल्लाका प्रभावशाली नेता शिवनाथ पटेल र प्रभुनाथ पटेललगायत एक हजारभन्दा बढी मानिसहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत मा. वि.को खेलकुद मैदानमा पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरू पार्टीमा प्रवेश गरेका हुन्।

विभिन्न पार्टी परित्याग गरी उनीहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । साेही कार्यक्रमलाई सम्बाेधन गर्दै जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने बताएका छन् ।

बुधबार बारा जिल्लाको कलैयामा जनमत पार्टीको बृहत् पार्टी प्रवेश तथा आम सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सीके राउत ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमक‍ो सभापतित्व केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज ओमप्रकाश साह ज्यूको रहेको थियो भने जनमत पार्टी बाराका निवर्तमान जिल्ला सचिव विजय गुप्ताले कार्यक्रम उदघोषन गर्नुभएको थियोे ।

Facebook Comments Box

Share Icon