सहकारी सदस्य जागरण अभियान

Share Icon

६ चैत,बनियानी । झापा जिल्ला सहकारी सङ्घले जिल्लामा सदस्य जागरण अभियान सुरु गरेको छ । सहकारी सङ्घसंस्था एवं वित्तीय संस्थाविरुद्ध कुप्रचारसहित आक्रमण भइरहेकाले हालको असहज परिस्थितिमा सहकारी, सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा सदस्य जागरण अभियान सुरु गरिएको सङ्घका सचिव भवानीप्रसाद दङ्गालले जानकारी दिनुभयो

अभियानअन्तर्गत झापाका विभिन्न चार स्थानमा चैत ८ गतेसम्म ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत चैत ५ गते बिर्तामोडमा गोष्ठी गरिएको र चैत ६ गते धुलाबारी, चैत ७ गते दमक तथा चैत ८ गते दुर्गापुरमा गोष्ठी गरिने उहाँले बताउनुभयो ।

सहकारी अभियानलाई जोगाउन सहकारीका सदस्य र संस्थाका सञ्चालक नै जागरुक हुनुपर्ने आवश्यकता महसुस गरी गोष्ठीको आयोजना गरिएको सङ्घका अध्यक्ष गणेश ढकालले बताउनुभयो ।

“जानीजानी गल्ती गर्नेका लागि हाम्रो केही लाग्दैन, पछि उहाँहरु नियमानुसार दण्डित हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अरुको लहैलहैमा लागेर कर्जा छुट हुन्छ, ब्याज छुट पाइन्छ भनेर हल्लाका कारण अहिले साँवा ब्याज तिर्न नचाहनेका हकमा संस्था जागरण तथा संरक्षण गोष्ठी फलदायी हुनेछ ।”

सहकारी ऐन २०७४ मा भएको व्यवस्था सरकार र मातहत विभागले कार्यान्वयन गरिदिने हो भने आजका समस्या स्वतःकिनारा लाग्ने उहाँ बताउनुहुन्छ ।

बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घका पूर्वप्रमुख कार्यकारी अधिकृत कुवेर निरौलाले अहिले सिङ्गो सहकारी अभियान अप्ठ्यारोमा परेको नभई बचत तथा ऋणको कारोबारमा मात्र समस्या सिर्जना भएको बताउनुभयो ।

“नेपालमा तरलता सङ्कुचनका कारणलाई अन्तर्राष्ट्रिय सन्दर्भ जोडिनु किमार्थ सुहाउँदैन”, उहाँले भन्नुभयो, “आर्थिक सङ्कट छिमेकी भारतमा नै छैन ।” हरेक सहकारी संस्थाले आफ्ना सदस्यसँग आत्मीय सम्बन्ध बनाउने, उनीहरुलाई आफ्नो संस्थाप्रति विश्वस्त राख्ने, भविष्यको सुरक्षातर्फ ध्यानाकर्षण गराउने, सदस्यमाझ कल्याणकारी कार्य विस्तार गर्नु नै आजको समयमा सदस्य जागरणका लागि पर्याप्त हुने उहाँको भनाइ छ ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.