नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ अध्यक्ष अधिकारी
हस्ता विष्ट २२ चैत्र, काठमाडाैँ । कावासोती नगरपालिका नेपालको मध्य स्थानमा पर्ने नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ। १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि सवै १७ वटा स्थानवाट वडा…
