महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर पुनःनिर्माण
११ मङ्सिर,बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ । पन्ध्रौँ शताब्दीमा निर्माण भएको जगन्नाथ मन्दिरलाई महायज्ञ आयोजना गरेर सङ्कलन भएको रकमबाट नयाँ स्वरुपमा पुनःनिर्माण गरिएको हो । नवनिर्मित मन्दिरमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरूको विधिपूर्वक पूजा गरेर प्राणप्रतिष्ठासमेत गरिएको छ । विसं २०६९ मा मङ्सिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको थियो । सप्ताहव्यापी सो महायज्ञबाट सङ्कलित रु एक करोड आठ लाखको…
